खेल

वर्षाले बी डिभिजन प्रभावित

काठमाडौं- सहिद स्मारक रेडबुल 'बी' डिभिजन लिगमा सोमबारको खेल वर्षाका कारण हुन सकेन। हल्चोक मैदानमा खुमलटार र सातदोबाटोले पहिलो खेलमा प्रतिस्पर्धा गर्ने खेलतालिकामा थियो। दोस्रो खेलमा सामाजिक र नयाँबस्तीबीच प्रतिस्पर्धा हुन तय भएको थियो। तर वर्षाले मैदानमा पानी जमेका कारण सोमबारको खेल स्थगित गरिएको आयोजक अखिल नेपाल फुटबल संघ(एन्फा)ले जनाएको छ। स्थगित गरिएको खेल मंगलबार हुनेछ। खेल तालिकाअनुसार अब अरु खेल एक दिनपछि सर्दै हुनेछ।

प्रकाशित: २८ भाद्र २०७३ ०३:१० मंगलबार

वर्षाले बी डिभिजन प्रभावित