खेल

थ्रिस्टार र्बोडोलोइ ट्रफीमा भाग लिन गुवाहाटी जादैँ

प्रविन बिक्रम कटवाल

काठमाडौँ –राष्ट्रिय लिग च्याम्पियन रुस्लान थ्रिस्टार क्लबले भारतको गुवाहाटीमा सेप्टेम्बर १८ बाट हुने भारत रत्न लोकप्रिय र्बोडोलोइ ट्रफीमा खेल्न जाने भएको छ।

गुवाहाटी फुटबल क्लबको आयोजनामा हुने प्रतियोगीतमा भारत, नेपाल र बंगलादेशका गरि आठ क्लबले सहभागीता जनाउने छन् ।  समुह ए मा रहेको थ्रिस्टारले भारतीय आइलिग क्लब सिलोङलाजोङ ,नागल्याण्डको फ्मिङगो एससी र आसामको ओयल इन्डिया एफसीसँग प्रतिस्पर्धा गर्नेछ। त्यस्तै समूह बि मा इस्ट बंगाल , युनाइटेड सिक्किम , बंगलादेशको क्लब बंगबोबी ओरागामी र आासम स्टेट इलेक्ट्रिसिटी बोर्ड स्पोर्टस क्लब रहेका छन्।

गत महिना मंगोलियामा सम्पन्न एएससी कपको प्लेअफका लागि छनोट भएको थ्रिस्टारले विगत १५ दिन देखि मुख्य प्रशिक्षक मेगराज केसीको प्रशिक्षणमा प्रशिक्षण गरिरहेको छ । केसिले भने‘ हामीले आफ्नो सेन्टर मिडफिल्ड र अग्रपक्ती आक्रामक बनाउन दुई जना खेलाडी थप गरेका छौ।

थ्रिस्टारले सेप्टेम्बर १९ मा फ्मिङगो एससी , सेप्टेम्बर २३ मा ओयल इन्डिया एफसी र सेप्टेम्बर २५ मा सिलोङलाजोङसँग प्रतिस्पर्धा गर्दैछ।

थ्रिस्टारले यसअघि सन् २०१० मा पनि यस प्रतियोगीतामा सहभागीता जनाएको थियो । यस प्रतियोगीतमा थ्रिस्टार उपविजेता बन्न सफल भएको थियो।

थ्रिस्टार सेप्टेम्बर १६ मा त्यसर्फ प्रस्थान गर्दैछ।

 

 

प्रकाशित: २७ भाद्र २०७३ ११:३२ सोमबार

थ्रिस्टार र्बोडोलोइ ट्रफीमा भाग लिन गुवाहाटी जादैँ