खेल

अस्ट्रेलियामा नेपाली खेलाडीलाई स्वर्ण

काठमाडौं- अस्ट्रेलियामा बस्दै आएका नेपाली खेलाडी मोहन बमले सिड्नी इन्टरनेसनल खुला जुडो च्याम्पियनसीपको कातातर्फ स्वर्णपदक जितेका छन्। 

बमले भर्खरै सम्पन्न खेलमा त्यहाँकै खेलाडी एडमन्ड युनसँग मिलेर नागे नो कातामा स्वर्ण जितेका हुन्। मोहनले अन्तर्राष्ट्रिय जुडोमा नागे नो कातामा स्वर्ण जितेको यो दोस्रो पटक हो। 

भिक्टोरियाको सेन्सी जुडो एकेडेमीको प्रतिनिधित्व गर्दै प्रतियोगितामा सहभागी भएका बमले ६० केजी मुनिको तौल समूहमा भने रजतमा चित्त बुझाए। कुल नौ प्रतिस्पर्धी सहभागी उक्त स्पर्धामा बम फाइनलमा ब्रायन जोलीसँग पराजित भए। सोही स्पर्धामा अस्ट्रेलियामै बस्दै आएका अर्का नेपाली खेलाडी खेमबहादुर थापाले कास्य जिते। 

बम र थापाले अर्को साता अस्ट्रेलियामै हुने दक्षिण अस्ट्रेलियाली अन्तर्राष्ट्रिय जुडो च्याम्पियनसीपमा पनि प्रतिस्पर्धा गर्ने बताइएको छ। रासस 

प्रकाशित: २६ भाद्र २०७३ १३:५२ आइतबार

अस्ट्रेलियामा नेपाली खेलाडीलाई स्वर्ण