खेल

युएस ओपनको महिलातर्फको उपाधी जर्मनीकी एन्जेलिकलाई

युएस ओपन २०१६ को महिलातर्फको उपाधी जर्मनीकी एन्जेलिक केर्बरले जितेकी छन्।

आइतबार बिहान न्युयोर्क सम्पन्न फाइनलमा  एन्जेलिकले  चेक गणतन्त्रकी क्यारोलिना प्लिस्कोभालाई पराजित गरिन् । करियरको दोस्रो ग्रान्ड स्लाम जित्ने क्रममा उनले प्लिस्कोभाविरुद्ध  ६–३ , ४–६ र ६–४ को जित हात पारिन्।

जितपछि संचार माध्यमलाई प्रतिक्रिया दिदैँ एन्जेलिकले  भनिन् ‘ युएस ओपनको उपाधी जित्दा मेरो सपना पुरा भयो , यसले मेरो आत्मविश्वास बढाएको छ।

यस जितसँग एन्जेलिक महिलातर्फ विश्व नम्बर १ खेलाडी बन्न सफल भएकी छन्।

पुरुषतर्फ  भने सोमबार हुने फाइनलमा सिर्भयाका नोभाक जोकोभिच र स्विजरल्याण्डका स्टानिस्लास बावरिङका भिड्दै छन्।

 

 

प्रकाशित: २६ भाद्र २०७३ ०८:३६ आइतबार

युएस ओपनको महिलातर्फको उपाधी जर्मनीकी एन्जेलिकलाई