खेल

फिफाद्वारा रियल मड्रिड र एथ्लेटिको मड्रिडको अपिल खारेज

जेनेभा— विश्व फुटबल महासंघ फिफाले स्पेनिस क्लब रियल मड्रिड र एथ्लेटिको मड्रिडको अपिल खारेज गर्दै उनीहरुलाई दुई सिजन खेलाडी अनुबन्धन गर्न प्रतिबन्ध लगाएको छ।

फिफाले बिहीबार एक विज्ञप्ति निकाल्दै रियल मड्रिड र एथ्लेटिको मड्रिडले फिफाको नियमविपरीत कम उमेरका खेलाडी अनुबन्ध गरेको भन्दै सन् २०१७ को विन्टर र समर सिजनका लागि प्रतिबन्ध लगाएको जनाएको हो।

फिफाले भनेको छ, ‘फिफाको अनुसन्धान कमिटीले गरेको अनुसन्धानबाट स्पेनिस दुई क्लब रियल मड्रिड र एथ्लेटिको मड्रिडले फिफाको अनुसन्धान धारा ५,९ र १९ तोडिएको पाइयो त्यसकारण यी दुई क्लबलाई आगामी दुई सिजन खेलाडी किनबेचमा प्रतिबन्ध लगाइएको छ।

फिफाले यसअघि नै गत जनवरीमा यी दुई क्लबलाई प्रतिबन्ध लगाएको थियो तर इथिक्स कमिटीले तत्काल प्रतिबन्ध लागु नगर्न आदेश दिएको थियो। यसका विरुद्ध यी दुई क्लबले अपिल गरेका थिए।

यता रियल मड्रिडले भने फिफाको प्रतिबन्धको कदम अन्यायपूर्ण र दुखद् भएको बताएको छ।
 

प्रकाशित: २४ भाद्र २०७३ १०:५४ शुक्रबार

फिफाद्वारा रियल मड्रिड एथ्लेटिको मड्रिडको अपिल खारेज