खेल

पारा ओलम्पिक—२०१६ सुरु, चीनलाई सुरुवाती अग्रता

रियो दि जेनेरियो—ब्राजिलको राजधानी रियो दि जेनेरियोमा पारा ओलम्पिक —२०१६ औपचारिक रुपमा सुरु भएको छ। ब्राजिलको राष्ट्रिय रंगशाला मराकानामा बुधबार राति सम्पन्न एक भव्य समारोहकाबीच नवनियुक्त राष्ट्रपति मिचेल ट्रेमरले प्रतियोगिताको उद्धघाटन गरेका हुन्।

शारीरिक रुपमा अपांगता भएका खेलाडीहरुले प्रतिस्पर्धामा गर्ने यस प्रतियोगीतामा कुल १ सय ६० राष्ट्रका ४ हजार ३ सय ५० जना खेलाडीले सहभागीता जनाउनेछन्। उनीहरुले विभिन्न २२ खेलमा कुल ५ सय २८ पदकका लागि प्रतिस्पर्धा गर्दैछन् ।

नेपालका तर्पmबाट भने एथ्लेटिक्सबाट बिक्रमबहादुर राना र पौडीकी लक्ष्मी परियारले सहभागीता जनाउँदै छन्। यसैबीच चीनले ७ स्वर्ण ९ रजत र ४ कास्यसहित पदक तालिकामा सुरुवाती अग्रता लिएको छ। त्यस्तै गे्रट ब्रिटेन र नर्थ आयरल्याण्ड ५ स्वर्ण ३ रजत ३ कास्य पदक सहित दोस्रो स्थानमा रहँदा ३ स्वर्ण २ रजत र ३ कास्य पदक सहित उज्वेकस्तान तेस्रो स्थानमा रहेको छ।

त्यस्तै अमेरिका २ स्वर्ण ४ रजत र २ कास्य सहित चौथो स्थानमा रहँदा आयोजक ब्राजिल भने २ स्वर्ण १ रजत र १ कास्य पदकसहित पदक तालिकाको पाँचौ स्थानमा रहेका छन्।

 

प्रकाशित: २४ भाद्र २०७३ ०६:५५ शुक्रबार

पारा ओलम्पिक—२०१६ सुरु चीनलाई सुरुवाती अग्रता