खेल

ए डिभिजन लिगको तयारी ५० प्रतिशत सकियो

अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले खेलाडीलाई अवसर खोज्दै विदेश पलायन नहुनका लागि खेलाडी समक्ष आग्रह गरेका छन्।

एक महिनापछि आयोजना हुने सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताको तयारी बारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा राईले चर्चित खेलाडी देशभित्र फुटबल गतिविधि नभएर बाहिरिनु दुखद् भएको र आगामी वर्ष देखी खेलाडीलाई व्यस्त गराउने तालिका एन्फाले बनाएको भन्दै विदेश पलायन नहुन आग्रह गरेका हुन्। 

खेलाडीको जीविकोपार्जनको निश्चिततासँगै एन्फाले कार्यक्रम बनाएको र भविष्य खोज्न विदेन नरोज्नका लागि खेलाडीलाई अनुरोध गरे। महासचिव राईले एन्फाको राजनीति एकतरिकाले चलिरहे पनि अर्को तरिकाले फुटबल गतिविधि नरोकीने भन्दै खेलाडीलाई फुटबल जोडिन अनुरोध गरे।

महासचिव राईले एक महिनापछि आयोजना हुन लागेको लिगको तयारी ५० प्रतिशत पुगेको र ५० प्रतिशत प्राविधिक कामय रहेको जानकारी दिए। मुख्य प्रायोजकको रुपमा कतार एयरवेजसँग छलफल भइरहेको भएपनि राईले लिगको एक महिने काउन्ट डाउन शुरु भएको र केही प्राविधिक काम बाँकी रहेको जानकारी दिँदै ५० प्रतिशत तयारी सकिएको बताए।

लिगका लागि १४ वटै क्लवले नाम दर्ता गराईसकेको एन्फाले जनाएको छ। यस्तै सबै क्लवले तयारी खर्चको पहिलो किस्ता १५ लाख लिएको एन्फाले जनाएको छ। एन्फाले लिगको तयारीका लागि ए डिभिजनका प्रत्येक क्लवलाई ३२ लाख ५० हजार रुपैयाँ उपलब्ध गराउने छ। डबल राउण्ड रोबिन लिग प्राणालिमा आयोजना हुने लिगको विजेताले ७५ लाख , दोस्रो टोलीले ५० लाख र तेस्रो हुने टोलीले २५ लाख रुपैयाँ पाउनेछन्।

यस्तै फेयर प्ले अवार्डको नगद पुरस्कार वृद्धि गर्दै ३ लाख पु¥याएको छ भने मोस्ट भ्यालुएबल खेलाडीले ३ लाख, सर्वाधिक गोलकर्ता र सर्वोत्कृष्ट गोलकिपरले २ लाख र इमर्जिङ प्लेयरले १ लाख ५० हजार रुपैयाँ पाउनेछन्। प्रत्येक खेलको विजेता क्लवले म्याच मनीवापत ५० हजार रुपैयाँ प्राप्त गर्नेछ। बराबरी भएका दुई क्लवबीच रकम बराबर बाँडिनेछ। हरेक खेलको म्यान अफ द म्याचले १० हजार रुपैयाँ पाउनेछन्।  

प्रकाशित: २० माघ २०७९ १३:४२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App