काठमाडौै— एसियाली फुटबल महासंघ एएफसीले पहिलो पटक आयोजना गर्न लागेको एएफसी सोलिडारिटी कपको लोगो तथा खेल तालिका सार्वजनिक गरेको छ।
मलेसियाको राजधानीमा सार्वजनिक गरिएको खेल तालिका अनुसार नेपाल समूह ए मा परेको छ । कुल नौ टोलीको सहभागीता रहने प्रतियोगीतामा समूह ए मा नेपालसहित पाकिस्तान , बु्रनाई रहेका छन्। त्यस्तै हाल विश्वकप २०१८ र एसियन कपको छनोट चरण खेलिरहेका इस्ट टिमोर र चाइनिज ताइपेको विजेता र बंगलादेशर र भुटानबीचको विजेताले पनि समूह ए मा रहने छन् ।
त्यस्तै समूह बि मा श्रीलंका, मकावो, मंगोलिया रहेका छन्। त्यस्तै माल्दिभ्स र लावोसबीचको विजेताले पनि समूह बि बाट प्रतिशपर्धा गर्ने छ।
एएफसी च्यालेन्ज कपको विकल्पमा आयोजना हुन लागेको सोलिडारिटी कप नोभेम्बर २ देखि १५ सम्म मलेसियाको राजधानी क्वालालाम्पुरमा हुँदैछ ।
प्रकाशित: २३ भाद्र २०७३ ०९:४३ बिहीबार