खेल

नेपाली खेलाडीको मिश्रित प्रदर्शन

काठमाडौं- नेपाली खेलाडीले अजरबैजानको बाकुमा जारी४२ औं चेस ओलम्पियाडको चौथो चरणमा मिश्रित प्रदर्शन गरेका छन्। पुरुष टोलीले दक्षिण कोरियासँग २–२ को बराबरी खेल्यो भने महिला टोलीले पनि बोत्सनासँग २–२ कै बराबरी खेलेको छ। तीन खेल खेलेका २०११ रेटेड फिडे मास्टर विलमलाल श्रेष्ठले जितलाई निरन्तर बनाए। उनले कोरियाका समान रेटेड सेहान क्लोमलाई ३३ औं चालमा हराए र उनको व्यक्तिगत  ३ अंक भएको छ।

त्यस्तै २०३४ रेटेडसजिन महर्जनले राम्रो खेल खेल्दै २०२५ रेटेड क्लोन योन्जिनमाथि ३३ औं चालमा विजय पाए।सजिनले व्यक्तिगत २ अंक भएको छ। उनी क्यान्डिडेट मास्टरको उपाधितर्फ अगाडि बढेका छन्।

क्यान्डिडेट मास्टर २१९९ रेटेड केशव श्रेष्ठ र २०७२ भूपेन्› निरौलाले पराजय भोगे।

महिला टिममा मोनालिसा खम्बुले पहिलो जित पाइन्। उनले बोत्सनाका महेन्दी मोलाई ३३ औं चालमा हराइन्। लगातार दुई खेलमा सफलता प्राप्त गर्ने क्रममा सुजना लोहनीले खुनो मात्केसीलाई २३ औं चालमा पन्छाइन्। अस्मिता अधिकारी र शान्ता थापा भने पराजित भए।

नेपालले पाँचौं चरणमा पुरुषतर्फ माल्टा र महिलातर्फ आइल्यान्डसँगखेल्नेछ।

प्रकाशित: २२ भाद्र २०७३ ०४:०३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App