खेल

विनोदलाई मिस्टर माछापुच्छ्रेको उपाधि

पोखरा- पाल्पाका विनोद बज्राचार्यले तेश्रो मिस्टर माछापुच्छ्रेको उपाधि हात पारेका छन्। कास्की जिल्ला शारिरिक सुगठन तथा फिट्नेस संघले आयोजना गरेको पश्चिमाञ्चल क्षेत्रिय स्तरको प्रतियोगितामा ७५ केजी तौल माथिका हेभिवेट बज्राचार्य च्याम्पियन बनेका थिए।

मिस्टर माछापुच्छ्रे च्याम्पियनको उपाधिका साथ विनोदले  ५० हजार रुपैयाँ पुरस्कार जिते। फाइनल राउण्डमा विनोदले कपिलबस्तुका सुरेन्द्रप्रसाद बर्मा, कास्कीका कमल भण्डारी र मनोज केसी तथा रुपन्देहीका ताराबहादुर थापा र कृष्णप्रसाद श्रेष्ठलाई पछाडी पारेका थिए। प्रतियोगिताका प्रमुख निर्णायक गोविन्द चित्रकार र सदस्यहरु प्रतापकाजी बरिया र दिनेश श्रेष्ठको निर्णायक मण्डलले बिनोदलाई तेस्रो मिस्टर माछापुच्छ्रे घोषणा गरेको हो।

५५ केजी तौल समुहका सुरेन्द्र, ६० केजीमा कमल, ६५ केजीमा मनोज, ७० केजीमा तारा र ७५ केजीमा कृष्ण विजेता बन्दै मिस्टर माछापुच्छ्रको दौडमा सामेल भएका थिए।

पहिलो चरणमा बिनोदले ७५ केजी माथिको हेभिवेटमा कास्कीका म्याक गुरुङ, नारायणप्रसाद शर्मा, सुनिल पोखरेल र रमेश बिकलाई पछि पारेका थिए।

कार्यक्रममा कास्कीको शारीरिक सुगठन विकासमा सहयोग पुर्‍याएकोमा संघका उपाध्यक्ष विमल बस्याललाई सम्मान गरियो। संघका सचिव उमेश सिकेले अर्को वर्ष प्रतियोगितालाई राष्ट्रियस्तरको बनाउने लक्ष्य रहेको बताए।

भदौ १७ गतबाट सुरुभएको प्रतियोगितामा ६ जिल्लाका ६५ खेलाडीको सहभागिता थियो।

प्रकाशित: २० भाद्र २०७३ ०२:०८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App