खेल

फुटबल खेलमा पहिलो पटक भिडियो रिप्लेको प्रयोग

बारी —विश्व फुटबलको सर्वोच्च संस्था फिफाले फुटबल खेलमा पहिलो पटक भिडियो रिप्ले प्रविधिको प्रयोग गरेको छ।

फिफाले फ्रान्स र इटालीबिचको मैत्रीपूर्ण खेलमा पहिलो भिडियो रिप्ले प्रविधिको प्रयोग गरेको हो। उक्त खेलका दौरान इटालीका खेलाडीले  फ्रान्सका रक्षक लेभिन क्रुजुवाले डिएरिया भित्र ह्यान्ड गरेको भन्दै पेनाल्टीको अपिल गरेपछि म्याच रेफ्रि बोज्म क्युपर्शले खेल राक्दै भिडियो रिप्ले हेरेका थिए। उक्त रिप्लेपछि उनले पेनाल्टीको अपिल अस्विकार  गरेका थिए।

यता फिफा अध्यक्ष जियानी इन्फान्टिनोले भने यस प्रविधिको विकास फुटबलका  लागि ऐतिहासिक भएको बताएका छन्। इन्फान्टिनोले भने ‘ हामी अहिले  २०१६ मा छौं र  भिडियो रिप्लेको प्रयोग सफलता पूर्वक गरेका छौं,  हामी  सन् २०१८ को  विश्वकपमा पनि यो प्रविधिको प्रयोग गर्नेछौ। उक्त खेल  फ्रान्सले ३—१ गोल अन्तरले जितेको थियो।

 

 

 

 

प्रकाशित: १७ भाद्र २०७३ ०८:२३ शुक्रबार

फुटबल खेलमा पहिलो पटक भिडियो रिप्लेको प्रयोग