खेल

क्यासिमिरो चम्किँदा म्यानचेस्टर युनाईटेड ‘एफए कप’ काे पाँचौं चरणमा प्रवेश

क्यासिमिरो चम्किँदा म्यानचेस्टर युनाईटेड ‘एफए कप’ फुटबलको पाँचौं चरणमा प्रवेश गरेको छ।

गएराति भएको खेलमा क्यासिमिरोको दुई गोलको मद्दतमा युनाईटेडले रिडीङलाई ३-१ गोल अन्तरले पराजित गरेको हो।

क्यासिमिरोले खेलको ५४ औं मिनेटमा गोल गर्दै युनाईटेडलाई सुरुआती अग्रता दिलाएका थिए।

५८ औं मिनेटमा उनलेले व्यक्तिगत दोस्रो गोल गर्दै युनाईटेडको अग्रता दोब्बर बनाए।

रिडीङका एन्डी कारोलले खेलको ६५ औं मिनेटमा रातो कार्ड पाएपछि मैदान बाहिरिए।  १० खेलाडीमा समेटियो।

६६ औं मिनेटमा फ्रेडको गोलमा युनाईटेड ३-० ले अघि रह्यो।

त्यसपछि खेलको ७२ औं मिनेटमा रिडीङका अमाडोउ सालिफले सान्त्वना गोल फर्काए।

प्रकाशित: १५ माघ २०७९ ०२:४६ आइतबार

म्यानचेस्टर युनाईटेड