खेल

बार्सिलोनालाई ६ अंकको अग्रता

स्पेनिस ‘ला लिगा’ फुटबलमा शीर्ष स्थानको बार्सिलोनाले ६ अंकको अग्रता बनाएको छ।  

गएराति सम्पन्न खेलमा जिरोनालाई १-० गोल अन्तरले हराउँदै बार्सिलोनाले ६ अंकको बनाएको हो।

पाहुना टोली बार्सिलोनाको जितमा खेलको ६१ औं मिनेटमा पेड्रीले गोल नै जितको लागि पर्याप्त बन्यो।

पेड्रीले जोर्डी अल्बाले द्एिका क्रस पासको सदुपयोग गर्दै गोल गरेका हुन्।

जितसँगै बार्सिलोनाले १८ खेलमा ४७ अंक जोडेको छ। एक खेल कम खेलेको रियल मड्रिड बार्सिलोना भन्दा ६ अंकले पछाडि रहेको छ।

प्रकाशित: १५ माघ २०७९ ०२:२४ आइतबार

बार्सिलोना