खेल

कासिलास स्पेनिस टिममा परेनन्

मड्रिड– स्पेनका नयाँ प्रशिक्षक जुलेन लोप्टिग्युइले कीर्तिमानी गोलरक्षक इक कासिलासविना नै सन् २०१८ मा रसियामा हुने विश्वकपको छनोट खेलका लागि राष्ट्रिय टोलीको घोषणा गरेका छन्।

शुक्रबार घोषित टोलीमा कासिलास आफ्नो स्थान बनाउन असफल भएका हुन्। पूर्व कप्तानसमेत रहेका ३५ वर्षीय कासिलासले स्पेनको राष्ट्रिय टोलीबाट १ सय ६७ खेल खेलेका छन्। उनी फ्रान्समा दुई महिनाअघि सम्पन्न युरोकप २०१६ मा राष्ट्रिय टिममा परे पनि उनले खेल्न भने पाएका थिएनन्। उनको स्थानमा डेभिड डि जियलाई खेलाइएको थियो।

सन् २००० मा स्पेनको राष्ट्रिय टोलीबाट खेल्न सुरु गरेका कासिलासले स्पेनलाई विश्वकप २०१० तथा युरो कप २००८ र २०१२ जिताउन महत्वपूर्ण भूमिका खेलेका थिए। त्यस्तै सेस फ्याब्रिगास, पेड्रो रोड्रिगेज र जुनाफर्न टोरेशले पनि टोलीमा आफ्नो स्थान बनाउन सकेनन्।

स्पेनले सेप्टेम्बर १ मा बेल्जियमसँग मैत्रीपूर्ण खेल खेल्दैछ भने सेप्टेम्बर ५ मा लिचेस्टिरेसँग विश्वकप छनोट चरणको पहिलो खेल खेल्दैछ।

प्रकाशित: १० भाद्र २०७३ १२:१२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App