खेल

बार्सिलोना ‘कोपा डेल रे’ को सेमिफाइनलमा प्रवेश

क्वाटरफाइनलमा रियल सोसिडाडलाई हराउँदै बार्सिलोना स्पेनिस ‘कोपा डेल रे’ को सेमिफाइनलमा प्रवेश गरेको छ।

गएराति घरेलु मैदानमा सम्पन्न खेलमा बार्सिलोनाले सोसिडाडलाई १-० गोल अन्तरले पराजित गरेको हो।  

बार्सिलोनाको जितमा फ्रान्सेली फरवार्ड ओस्मान डेम्बेलेले दोस्रो हाफको ५२औं मिनेटमा जुल्स कुन्डेको पासमा गरेको गोल नै निर्णायक बन्यो।

४० औं मिनेटमा मिडफिल्डर ब्राइस मेन्डेसले सर्जियो बुस्क्वेट्समाथि अनावश्यक ट्याकल गरेपछि रातो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए। सोसिडाड १० खेलाडीमा समेटिन पुगेपछि त्यसको फाइदा बार्सिलोनाले उठाउन सफल भयो।

प्रकाशित: १२ माघ २०७९ ०२:२९ बिहीबार

बार्सिलोना