खेल

म्याच फिक्सिङको आरोपमा पक्राउ परेका दुई खेलाडीलाई काठमाडौं ल्याइदै

नेपाल टी २०लिगमा स्पट फिक्सिङको आरोपमा पक्रउ परेका अलराउण्डर आदिल अन्सारी र पूर्वक्रिकेटर मेहबुब आलमलाई काठमाडौ ल्याइदै  छ ।

नेपाल टी–२० लिगमा स्पट फिक्सिङमा संलग्न भएको आरोपमा पूर्वराष्ट्रिय क्रिकेटर मेहबुब आलम र राष्ट्रिय क्रिकेट टोलीका सदस्य आदिल अन्सारी पक्राउ परेका छन्।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले उनीहरुलाई  आज विहान राजविराज र विराटनगरबाट पक्राउ गरेको प्रहरी उच्च स्रोतले बताएको छ। उनीहरुलाई अहिले काठमाडौ ल्याउँदै गरेको पनि प्रहरीले जानकारी दिएको छ।  त्रिवि क्रिकेट मैदानमा ९ देखि २७ पुससम्म नेपाल टी–२० लिग भएको थियो।

आलम नेपाल राष्ट्रिय क्रिकेट टोलीका पूर्वअलराउण्डर हुन्। उनको नाममा एकैखेलमा १० विकेट लिएको कीर्तिमानी छ।

पक्राउ परेका अन्सारीले गत जेठमा मात्रै अमेरिकाविरुद्धको खेलबाट राष्ट्रिय टिममा डेब्यू गरेका थिए।

प्रकाशित: ९ माघ २०७९ ०७:१७ सोमबार