खेल

श्रीलंकाली फुटबललाई फिफाको प्रतिबन्ध

विश्व फुटबल महासंघ (फिफा) ले श्रीलका फुटबल फेडेरेसन (एफएफएसएल) लाई अर्को सूचना जारी नहुने समयसम्मका लागि प्रतिबन्ध लगाएको छ।  

शनिबार फिफाले जनवरी १४ मा भएको फुटबल संघको निर्वाचनमा तेस्रो पक्षको हस्तक्षेप भएको र फिफाको विधानअनुसार संघ चल्न नसकेको भन्दै एफएफएसएमाथि प्रतिबन्ध लगाएको हो। फिफाले आर्टिकल १६ अनुसार जनवरी २१ देखि लागू हुने र अर्को सूचना नभएसम्म जारी हुने समयसीमा तोकेको छ। फिफाका महासचिव फातमा सामौराले जारी गरेको विज्ञप्तिमार्फत एफएफएसएलले सबै सदस्यता अधिकार गुमाएको समेत जनाएको छ। आर्टिकल १३ लाई उल्लेख गर्दै अर्को सूचना जारी नहुने समयसम्मका लागि प्रतिबन्ध लागेको प्रस्ट्याएको छ। 

प्रकाशित: ९ माघ २०७९ ०१:५२ सोमबार