खेल

भेट्रान टेटेमा नेपाललाई स्वर्ण

नेपालले ओमानको मस्कटमा जारी २०औं विश्व भेट्रान्स च्याम्पियनसिप (टेबल टेनिस) २०२३ मा स्वर्ण पदक जितेको छ।

शनिबार सम्पन्न पुरुष ४५ वर्षमाथिको उमेरसमूहमा नेपालका राजेन्द्र दुलाल र रक्त मानन्धरको जोडीले मेन्ड डबल्समा स्वर्ण जितेका हुन्। राजेन्द्र र रक्तको जोडीले फाइनलमा भारतीय खेलाडी रजनिस खतवकर र अनिल मोदीको जोडीलाई ३–२ को सेटमा हराए।

नेपाली जोडीले भारतीय जोडीलाई ११–७, ११–७, ८–११, ६–११ र ११–९ ले हराएको नेपाली टोलीकी प्रशिक्षक अनिता महर्जनले जानकारी दिइन्। नेपाली खेलाडीको हौसला अभिवृद्धि गर्नका लागि ओमानस्थित नेपालका राजदूत डोरनाथ अर्याल र नेपालीको पनि उपस्थिति रहेको खेलाडी दुलालले जानकारी गराए।

प्रकाशित: ८ माघ २०७९ ०१:३७ आइतबार

२०औं विश्व भेट्रान्स च्याम्पियनसिप (टेबल टेनिस) २०२३