खेल

सुष्मा र हेमाको जित

थाइल्यान्डको बैंककमा जारी एएसबिसी यु–२२ बक्सिङ च्याम्पियनसिपको दोस्रो दिन नेपालका मुक्केबाज सुष्मा तामाङ र हेमा राईले जित हासिल गरेका छन्।

महिला ४८ केजी तौलसमूहमा सुष्माले भियतनामकी क्युनहानविरुद्ध अंकको आधारमा ५–० को जित निकालिन् भने ५७ केजी तौलसमूहमा हेमा राईले सिङ्गापुरकी चौउजिमिन बेर्नेसविरुद्ध आरएसी आईको आधारमा दोस्रो राउन्डमा जित हासिल गरिन्। पुरुष ४८ केजीमा लालप्रसाद उप्रेतीले फिलिपिनी खेलाडी दुरेन्टमार्क लेफ्चरसँग जनवरी २० तारिखमा क्वार्टरफाइनल खेल्नेछन्। ५७ केजीमा नेपालका इन्द्रबहादुर सुनारले प्रि–क्वार्टरफाइनलमा लाओसका खेलाडीसँग अंकको आधारमा ५–० को जित हासिल गर्दै क्वार्टरफाइनल प्रवेश गरेका छन्। उनले क्वार्टरफाइनलमा मङ्गोलियनका गन्तुमार लुन्डासँग भिड्नेछन्।

नेपालबाट सहभागी दुई खेलाडी विजय बाटा (८६ केजी) र महिला खेलाडी त्रिशा जवेगु (७५ केजी) ले सेमिफाइनलमा स्थान सुरक्षित गरिसकेका छन्। उनीहरूले क्रमशः इन्डोनेसियाका मोसकिता माइकल र काजकिस्तानका एरजन गुल्सायसँग खेल्नेछन्।

प्रकाशित: ६ माघ २०७९ ०२:४० शुक्रबार

एएसबिसी यु–२२ बक्सिङ च्याम्पियनसिप