खेल

भारतीय खेलकुद मन्त्रीलाई ओलम्पिक कमिटीको चेतावनी

रियो दि जेनेरियो— रियो ओलम्पिक आयोजक कमिटीले भारतीय खेलकुदमन्त्री विजय गोयलको व्यवहारबाट आफूहरु दिक्क भएको भन्दै उनको एक्रिडेशन कार्ड रद्ध गर्ने चेतावनी दिएको छ।

रियो ओलम्पिक आयोजक कमिटीकी म्यानेजर साहारा पिटरशनले भारतीय चिफ अफ मिसन प्रमुख राजेश गुप्तालाई एक पत्र लेख्दै उक्त चेतावनी दिएकी हुन्। उक्त पत्रमा भनिएको छ, ‘तपाईंको खेलकुदमन्त्री गोयलले एक्रिडेशन कार्ड नभएका मानिसलाई खेल स्थानमा प्रवेश गराउन खोजेको धेरै अपिल आएका छन्,त्यहाँ भएका स्टाफले सम्झाउँदा आक्रामक र अस्वभनीय व्यवहार देखाएकाले उनलाई सचेत गराउन यो पत्र जारी गरिएको छ’

उनले भारतीय खेलकुदमन्त्रीलाई यसअघि पनि चेतावनी दिइसकेको र अब फेरि सोही व्यवहार दोहो¥याए तत्काल उनको एक्रिडेशन कार्ड रद्ध गरिने बताइन्।

 

प्रकाशित: २८ श्रावण २०७३ ०९:५७ शुक्रबार

भारतीय खेलकुद मन्त्रीलाई ओलम्पिक कमिटीको चेतावनी