खेल

टेम्पल रन जस्तै अव मेसी रन !

एजेन्सी-अर्जेन्टिनाका पूर्व कप्तान तथा बार्सिलोनाका स्टार लियोनल मेसीले अप्रत्यासित रुपमा सन्यासको घोषणा  गर्दा निराश बनेका मेसीका समर्थकलाई खुशीको खबर छ। उनीहरुले आफ्ना स्टारलाई आफै नियन्त्रण गर्न सक्ने भएका छन्।

स्मार्टफोनमा रहेको टेम्पल रन एप जस्तै मेसी रन एप आएको छ। जसबाट समर्थकले आफ्ना स्टारलाई आफ्नै स्मार्टफोनमा नियन्त्रण गर्न सक्छन्। अर्जेन्टिनाको भिडियो गेम बनाउने क्युबिनाइन इन्टरटेनमेन्टले हालै मेसीको अनुमति पाएपछि मेसी रन नामक गेम एप संचालनमा ल्याएको हो ।  उक्त मोबाइल एप एप्पल तथा अन्य स्मार्टफोनमा उपलब्ध छ । मोबाइल प्रयोगकर्ताले आफै मेसीलाई नियन्त्रण गर्न सक्छन्।

 

प्रकाशित: २७ श्रावण २०७३ ०७:२८ बिहीबार

टेम्पल रन जस्तै अव मेसी रन