खेल

रियो ओलम्पिकः पदक तालिकामा अमेरिका शीर्ष स्थानमा चीन दोस्रो

रियो दि जेनेरियो–ब्राजिलमा जारी रियो ओलम्पिक २०१६ को पदक तालिकामा अमेरिका शीर्ष स्थानमा रहँदा चीन भने दोस्रो स्थानमा रहेको छ।
 हालसम्म अमेरिकाले ९ स्वर्ण, ८ रजत र ८ कास्य पदकसहित कुल २६ पदकका साथ शीर्ष स्थानमा रहेको छ। चीन भने ८ स्वर्ण, ३ रजत र ६ कास्य पदकसहित कुल १७ पदकका साथ  दोस्रो स्थानमा रहेको छ।

त्यस्तै हंगेरी ४ स्वर्ण, १ रजत र १ कास्यसहित तेस्रो स्थानमा रहँदा अस्ट्रेलिया ४ स्वर्ण र ५ कास्य पदक सहित चौथो स्थानमा रहँदा ३ स्वर्ण, ६ रजत र ३ कास्य पदकसहित रसिया पाचौँ स्थानमा रहेको छ।   दक्षिण एसियाली मुलुकले भने जारी ओलम्पिकमा हालसम्म कुनै पदक हात पारेका छैनन्।

 

प्रकाशित: २६ श्रावण २०७३ ०८:०९ बुधबार

रियो ओलम्पिकः पदक तालिकामा अमेरिका शीर्ष स्थानमा चीन दोस्रो