खेल

रियो ओलम्पिकको भव्य उद्घाटन (फाेटाेफिचर)

रियो  दि जेनेरियो–ब्राजिलको राजधानी रियो दि जेनेरियोस्थित राष्ट्रिय रंगशाल माराकानामा ब्राजिलको आफ्नो मौलिक सांस्कृतिक तथा जातीय विविधता झल्काउने झाँकी प्रर्दशनसहित ३१ औं ओलम्पिक स्थानीय समयानुसार शुक्रबार रातिबाट औपचारिक रुपमा सुरु भएको छ।

म्याराथन धावक भेन्र्डेल कोर्डरो  डे लिमाले ओलम्पिक टर्च बालेर रियो ओलम्पिक २०१६ को औपचारिक उद्घाटन गरेका हुन्। यस अघि महान् फुटबल हस्ती पेलेले खेलस्थलमा ओलम्पिक टर्च बालेर रियो ओलम्पिक २०१६ उद्घाटन  गर्नेे बाताइएपनि अन्तिम समयमा उनले अस्वस्थताका कारण सहभागीता नजनाउने बताएपछि सबैलाई आश्चर्य पार्दै लिमाले ओलम्पिक टर्च बालेका हुन्।  

 उक्त उद्घाटन समारोहमा २०७ राष्ट्रका खेलाडीहरुले करिब ७५ हजार दर्शकमाझ आफ्नो राष्ट्रिय झण्डा बोकी मार्चपास गरेका थिए।
राष्ट्रसंघका महासचिव वान कि मुनको आग्रहमा यसपल्ट शरणार्थी टोलीका दश खेलाडीलाई पनि प्रतियोगीतामा समावेश गरिएको छ। उनीहरुले आयोजक ब्राजिलभन्दा पहिले ओलम्पिकको झण्डा मुनी मार्च पास गरेका थिए।

उक्त उद्घाटन समारोहमा इथियोपियाका धावक अबेबे बाकेलालाई विशेष सम्मान गरिएको थियो। इटालीको रोममा सन् १९६० भएको ओलम्पिकमा उनले खाली खुट्टा दौडँदै स्वर्ण जितेका थिए। खेलअघि जुत्ताको साइज नमिलेपछि उनी  खाली खुट्टा दौडिएका थिए।
 नेपालकी जुडो खेलाडी फुपु ल्यामु खत्रीले नेपालको राष्ट्रिय झण्डा बोक्दै मार्चपास गरेकी थिइन्।

रियो ओलम्पिकमा नेपालको तर्फबाट ७ खेलाडीले सहभागीता जनाउँदै छन्। त्यसमा पोैडी र एथलेटिक्सतर्फ समान  दुई –दुई जना तथा आर्चरी ,तेक्वान्दो र  जुडोको समान एक एक जना सहभागी छन्। १७ दिन चल्ने उक्त प्रतियोगितामा विभिन्न २८ खेलमा ३ सय २० स्वर्ण पदककालागि प्रतिश्पर्धा हुँदेैछ।

 

रियो ओलम्पिकको भव्य उद्घाटन फाेटाेफिचर