खेल

रोनाल्डो २०२१ सम्म रियल मड्रिडमै रहने

मड्रिड- पोर्चुगलका स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले रियल मड्रिडसँगको आफ्नो सम्झौता सन् २०२१ सम्म लब्याउने  भएका छन्। मड्रिडबाट प्रकाशित हुने एक पत्रिकाले हाल मयामीमा विदा मनाइरहेका रोनाल्डोले रियलका अध्यक्ष फ्लोरिन्टो परेजसँग निरन्तर फोन सम्वादमा रहेको र सन् २०१२१ सम्म रियलमै रहने मनसाय प्रकट गरेको उल्लेख गरेको छ।

उसका अनुसार रोनाल्डोका एजेन्ट जर्ज मेन्डिसले आगामी हप्ता सान्टिआगो बर्नाबाओमा अध्यक्ष परेज र क्लबका अन्य प्रतिनिधिसँगको छलफलपछि यसबारे औपचारिक धारणा सार्वजनिक गरिने बताएको छ। हाल वार्षिक १६.६ मिलियन पाउण्ड पारिश्रमिक लिँदै आएका रोनाल्डोको आगामी सन्झौतामा कति रकम बढाएर दिने भन्नेबारे अहिलेसम्म कुनै छलफल भएको छैन।

यसैबीच रियलका प्रशिक्षक जिनेदिन जिदानले रोनाल्डोलाई अहिले चोट मुक्त हुँदै गइरहेकाले अहिले नै उनले मैदानमा प्रवेश गर्न हतार गर्न नहुने बताएका छन्।

प्रकाशित: २१ श्रावण २०७३ ०६:३५ शुक्रबार

रोनाल्डो २०२१ रियल मड्रिडमै रहने