खेल

आर्मी र एपिएफ सेमिफाइनलमा

आर्मीविरुद्ध स्पाइक गर्ने प्रयास गर्दै एपिएफका खेलाडी ।तस्बिर सौजन्य: श्याम चित्रकार

विभागीय टोलीद्वय त्रिभुवन आर्मी र एपिएफ क्लब राजधानीमा जारी सातौं एनभिए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको पुरुषतर्फ सेमिफाइनलमा प्रवेश गरेका छन् ।  

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सम्पन्न दिनको पहिलो खेलमा आर्मीले गण्डकी प्रदेशलाई र एपिएफले केशवलाल स्मृति भलिबल प्रशिक्षण केन्द्रलाई पराजित गर्दै अन्तिम चारमा प्रवेश गरेका हुन् । यस्तै शुक्रबार नै सम्पन्न पुरुषतर्फको अर्को खेलमा नेपाल पुलिस क्लबले दावाँली मिलन क्लबमाथि जित निकाल्दै अन्तिम चारमा स्थान बनाउँदा हेल्प नेपालले शैलुङ बागढुंगालाई पराजित गर्दै सेमिफाइनल पुग्ने अर्काे टोली बन्यो । अन्तिम चारमा स्थान बनाउने क्रममा आर्मीले गण्डकीलाई ३–१ को सेटमा पाखा लगाएको हो । सुखद नतिजा निकाल्ने क्रममा आर्मीले पहिलो सेटमा गण्डकीमाथि २५–२२ को अग्रता लियो । दोस्रो सेटमा भने सुधारिएको खेल देखाएउँदै गण्डकीले २५–२१ ले सेट आफ्नो पक्षमा पार्‍यो । तेस्रो सेटमा भने गण्डकी २५–१० ले निरीह बन्यो । चौथो सेटमा पुनरागमन गर्न निकै संघर्ष गरेको गण्डकी २६–२४ को नतिजा सुम्पिँदै प्रतियोगिताबाट बाहिरियो । पुरुषतर्फकै अर्को खेलमा अर्को विभागीय टोली एपिएफले केशवलाल स्मृति भलिबल प्रशिक्षण केन्द्रलाई ३–० को सोझो सेटमा स्तब्ध बनायो । एपिएफले केशवलालमाथि २५–१४, २५–१९ र २५–२० को सोझो सेटमा जित निकाल्दै अन्तिम चारमा स्थान बनायो । यस्तै अर्को खेलमा पुलिसले दावाँली मिलन क्लबलाई ३–१ को सेटमा पराजित ग¥यो । पुलिसले दावाँलीलाई २५–१६, २४–२६, २५–१९ र २५–१८ ले हराउँदै अन्तिम चारमा स्थान बनाएको हो । यस्तै हेल्प नेपालले शैलुङ बागढुंगालाई ३–० को सोझो सेटमा पराजित गर्दा २५–२१, २५–११, २५–१४ को नतिजा निकालेको छ ।

प्रतियोगिताअन्तर्गत शुक्रबार नै महिलातर्फ समूह छिनोफानोका लागि भएको प्रतिस्पर्धामा त्रिभुवन आर्मी क्बलले अर्को विभागीय टोली एपिएफमाथि ३–२ को रोमाञ्चक जित निकाल्दै समूहविजेता बनेर अन्तिम चारमा प्रवेश गरेको छ । यस्तै पराजित एपिएफ उपविजेता बन्यो । निकै रोमाञ्चक बनेको खेलमा आर्मीले पहिलो सेट २५–२० ले बाजी मारेको थियो । दोस्रो र तेस्रो सेट भने आर्मीले एपिएफलाई १९–२५ र १३–२५ ले सुम्पियो । त्यसपछि दबाबमा परे पनि सम्हालिएको प्रदर्शन गरेको आर्मीले चौथो सेटमा उत्कृष्ट पुनरागमन गरेपछि खेल २–२ सेटको बराबरीमा पुगेको थियो । निर्णायक तथा पाँचौं सेटमा आर्मीले सुरुआतबाट नै नाटकीय एकपक्षीय प्रदर्शन गर्न सफल भयो । सोही क्रममा आर्मीले १५–५ को जित निकाल्यो ।  

यस नतिजासँगै महिलातर्फको प्रतिस्पर्धामा पनि सेमिफाइनल समीकरण पूरा भएको छ । अब सेमिफाइनलमा आर्मीले साबिक विजेता न्यु डायमन्ड युथ स्पोटर््स क्लबसँग तथा उपविजेता एपएिफले समूह ‘ए’ को विजेता पुलिससँग फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछन् । दुवै सेमिफाइनल शनिबार हुनेछन् ।

उता शुक्रबारकै अर्को खेलमा गण्डकी प्रदेशले कृष्ण सेकेन्डरी एकेडेमी काभ्रेलाई ३–० को सोझो सेटमा पराजित गर्दै समूह ‘बी’ मा तेस्रो भएको छ । यससँगै गण्डकी प्रदेश एनभिए क्लब लिगका लागि छनोट भएको छ । एकतर्फी भएको खेलमा गण्डकीले कृष्ण सेकेन्डरीमाथि २५–८, २५–१० र २५–५ को सहज जित निकालेको हो ।

प्रकाशित: ३० पुस २०७९ ०३:४० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App