खेल

सन्दिपले देशभित्र यात्रा गर्दा प्रहरीको अनुमति लिनुपर्ने, पीडितलाई भेटे पुन थुनामै पठाउने

क्रिकेटर सन्दीप लामिछानेले देश भित्रको यात्रा गर्दा प्रहरीको अनुमति लिनुपर्ने छ। बिहीबार उच्च अदालत पाटनले २० लाख रुपैयाँ धरौटी र विभिन्न सर्तसहित सन्दीपलाई छाड्न आदेश दिएको हो।

सर्तहरुमा लामिछानेलाई विदेश जान रोक लगाइएको छ। त्यस्तै उनलाई अहिलेको मुद्दाको विषयमा सञ्चार माध्यममा बोल्न पनि रोक लगाइएको छ।

सन्दिपले जाहेरीवालालाई भेट्न पाउने छैनन्। त्यस्तै उनले धरौटीमा २० लाख नै नगद तिर्नुपर्ने छ। कानुन व्यससायी,सञ्चार माध्यमले अदालतको मान प्रतिष्ठामा आधात पुग्ने खालको सामाग्री प्रकाशन गर्न पाउने छैनन्।  

बिहीबार उच्च अदालत पाटनले लामिछानेलाई २० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो। न्यायाधीश रमेश ढकाल र ध्रुवराज नन्दको इजलासले लामिछानेलाई २० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो।

गत कात्तिक १८ गते काठमाडौं जिल्ला अदालतमा दुवै पक्षको बहसपछि सन्दीपलाई थुनामा पठाउन आदेश दिएको थियो।

यसअघि बलात्कार आरोपित क्रिकेटर लामिछानेबाट पीडित किशोरीको जन्मसम्बन्धी प्रमाण झिकाउन काठमाडौं जिल्ला अदालतले आदेश दिएको थियो।

लामिछानेमाथि नाबालिग (१८ वर्षमुनि) लाई बलात्कार गरेको आरोप छ। तर सन्दीपको पक्षले किशोरी १८ वर्ष मुनिको नभएको भन्दै आएका छन्।

असोज २० गते प्रहरीले त्रिभुवन विमानस्थलबाट लामिछानेलाई नियन्त्रणमा लिएको थियो।

यस्तो छ आदेशको पूर्णपाठ

प्रकाशित: २८ पुस २०७९ १४:३४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App