खेल

सन्दीप लामिछाने भोलि मात्र रिहा हुने

क्रिकेटर सन्दीप लामिछाने भोलि (शुक्रबार) मात्र रिहा हुने भएका छन्। बिहीबार उच्च अदालत पाटनले धरौटीमा छोड्न आदेश दिएपनि उनी भोलि मात्र रिहा हुने भएका हुन्। 

उच्च अदालत पाटनका सूचना अधिकृत देवेन्द्र पौडेले उच्च अदालतले दिएको आदेश भोलि बिहान जिल्ला अदालत काठमाडौंमा पठाउने र त्यसपछि कारागारसम्म पुग्ने हुँदा बिहीबार नछुट्ने बताएका हुन्।

बिहीबार उच्च अदालत पाटनले लामिछानेलाई २० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो। न्यायाधीश रमेश ढकाल र ध्रुवराज नन्दको इजलासले लामिछानेलाई २० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो।

प्रकाशित: २८ पुस २०७९ १४:०९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App