खेल

अर्जेन्टिनी प्रशिक्षकमा बौजा

ब्युनस आयर्स– इडगार्डो बौजाले अर्जेन्टिना फुटबल टोलीको प्रशिक्षण जिम्मेवारी सम्हाल्ने भएका छन् । फुटबलको शक्तिशाली एवं प्रभावशाली खेलाडी लियोनल मेसीले हालसालै लिएको संन्यास फिर्ता गराउन अर्जेन्टिनाले मनाउने प्रयास गरिरहेको छ ।

कठिन मानिएको सिजनमा ५८ वर्षे बौजाले ब्राजिलियन क्लब साओ पाउलोलाई कोपा लिबर्टाडोरेजमा सेमिफाइनलसम्म पु¥याएका थिए । तत्कालीन विवाद मिलाउने क्रममा फिफाले बनाएको कमिटीका अध्यक्ष अर्मान्डो पेरेजले  प्रशिक्षक बौजा अहिलेको आवश्यकता पूरा गर्न सफल हुने बताए । उनले भने, ‘हामीले चाहेको कुरा उनले पूरा गर्न सक्ने विश्वास छ । पत्रकार सम्मेलनमा पेरेजले शुक्रबार प्रशिक्षक बौजाले टोलीको नयाँ योजनाबारे बताउने बताए ।

नयाँ प्रशिक्षकले सुरुआतमै विभिन्न चुनौती सामना गर्नुपर्नेछ । बौजासँगै अर्जेन्टिनाको नयाँ प्रशिक्षकको रूपमा अन्यको खोजी भइरहेको थियो । अर्जेन्टिनाको सम्भावित प्रशिक्षकमा एट्लेटिको मड्रिडका डिएगो सिमोनी, सेभियाका जर्ज साम्पोली र टोटनह्यामका माउरिसियो पोचिटिनोलाई पनि लिइएको थियो ।

पेरेजले भने, ‘हामीले प्रशिक्षकको खोजी गर्ने क्रममा धेरैसँग भेटेका थियौं । हामीलाई अन्यभन्दा बौजा उत्कृष्ट लाग्यो ।’ बौजाले दुईपटक कोपा लिबर्टाडोरेज उपाधि जितेका छन् । उनले २०१४ मा सान लोरेन्जो र २००८ मा एलडियु क्विटोबाट उपाधि जितेका थिए ।

महŒवपूर्ण प्रतियोगितामा असफल भएपछि अर्जेन्टिनाका स्टार मेसीले राष्ट्रिय टोलीबाट नखेल्ने घोषणा गरेका थिए । उनीसँगै प्रशिक्षक जेर्राडो मार्टिनोले पनि राजीनामा दिएका थिए । कोपा अमेरिका फाइनलमा लगातार चिलीसँग पराजित भएपछि मेसीले विश्व फुटबललाई आश्चर्य पार्दै राष्ट्रिय टोलीबाट नखेल्ने निर्णय गरेका थिए ।

फाइनल जित्न असफल आँसु बगाउँदै मैदानबाट बाहिरिएका २९ वर्षे मेसीले आफ्ना लागि राष्ट्रिय टोलीबाट खेल्ने दिन सकिएको बताएका थिए । उनले भनेको थिए, ‘मेरा लागि राष्ट्रिय टोलीबाट खेल्ने दिन सकिएको छ ।’

प्रशिक्षक बौजाको पहिलो जिम्मेवारी बार्सिलोनाका स्टार एवं पाँचपटक विश्व वर्ष खेलाडी मेसीलाई आफ्नो निर्णयबारे पुनर्विचार गर्न विश्वस्त पार्नु हुनेछ ।

पेरेजले भने नयाँ प्रशिक्षक बौजा मेसीको सम्पर्कमा रहेको बताएका छन् । पेरेजले भने, ‘हामीलाई विश्वास छ उनले मेसीलाई आफ्नो निर्णयकबारे पुनर्विचार गर्न लगाउने छन् । उनी मेसीको सम्पर्कमा छन् ।’

त्यो सँगै प्रशिक्षक बौजाले आगामी दुई महŒवपूर्ण प्रतियोगिताका लागि तयारी हुनुपर्नेछ । आगामी दिनमा अर्जेन्टिनाले २०१८ को विश्वकप छनोटअन्तर्गत दुई खेल खेल्दैछ । सेप्टेम्बर १ मा अर्जेन्टिनाले घरेलु मैदानमा उरुग्वे र सेप्टेम्बर ६ मा भेनेजुएलासँग प्रतिस्पर्धा गर्नेछ ।

 

               

               

 

 

प्रकाशित: १९ श्रावण २०७३ ०१:५९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App