खेल

माघ ९ देखि जुनियर उसु

प्रथम ग्रिनफिल्ड उपत्यकाव्यापी खुला जुनियर उसु प्रतियोगिता माघ ९ देखि ११ सम्म आयोजना हुने भएको छ।

कालभैरव उसु क्वानले माघ ९ देखि ११ गते सम्म त्रिपुरेश्वरस्थित सेमी कभर्डहलमा प्रतियोगिता आयोजना गर्ने जनाएको हो। प्रतियोगितामा ४० भन्दा बढी क्वानका करिब ३ सय खेलाडी सहभागी हुने कार्यक्रमका संयोजक अमर पुलामी मगरले जानकारी गराए।

प्रतियोगितामा सान्सौ विधामा १८ र थाउलु विधामा १७ गरी कुल ३५ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुनेछ।

प्रकाशित: २७ पुस २०७९ ०२:४३ बुधबार

प्रथम ग्रिनफिल्ड उपत्यकाव्यापी खुला जुनियर उसु प्रतियोगिता