खेल

यस्तो भयो नेपाल र भारतबीचको मैत्रीपूर्ण भलिबल (फोटो फिचर)

काठमाडौं- नेपाली महिला भलिबल टोली शुक्रबार भारतविरुद्धको मैत्रीपूर्ण खेलमा पराजित भयो। शुक्रबार त्रिपुरेश्वरस्थित कभर्डहलमा नेपाललाई भारतले सोझो सेटमा पराजित गर्यो। नेपालले निकै प्रतिस्पर्धात्मक बनेको पहिलो सेट २४–२६ मा हारेको थियो भने दोस्रो सेट २०–२५ मा रोकियो। तेस्रो सेट १९–२५ ले गुमायो।

नेपालले यसअघि भारतविरुद्ध सबैभन्दा राम्रो प्रदर्शन गरेको प्रथम दक्षिण एसियाली आमन्त्रण भलिबल च्याम्पियनसिपमा हो। दुई वर्षअघि भएको उक्त प्रतियोगितामा नेपालले सबैभन्दा राम्रो १७ स्कोर जोड्न सफल भएको हो। यस पटकको मैत्रीपूर्ण खेलमा भने नेपालले आफ्नै स्कोरलाई जित्दै खेलमा सुधार ल्याएको छ।

बिहीबार सम्पन्न पहिलो खेलमा रनेपालले पहिलो सेट २५–२० मा हारेको थियो भने दोस्रो सेट १९–२५ मा रोकियो। निकै प्रतिस्पधात्मक बनेको तेस्रो सेट २७–२५ ले गुमाएको थियो।

नेपाली टोलीका प्रशिक्षक सुदेश कुमार रिमालले टोलीको प्रदर्शनबाट सन्तुष्ट भएको बताए। उनले भने, ‘हामीले जित्ने भन्दा अनुभव बढाउने लक्ष्य सहित खेलेको थियौं। यसले हाम्रो स्तर बढाउन धेरै सहयोग गरेको छ।’

भारती टोलीकी प्रशिक्षक बैशाली फडतरेले नेपालले सोचेभन्दा सुधारउन्मुख खेल खेलेको बताइन। उनले भनिन, ‘ पहिलो खेलमा अन्तिम सेट र आज पहिलो सेट जित्न कठिन भयो। नेपालले हरेक खेलमा सुधार गर्ने गरेको छ। तर उनीहरुको दोस्रो स्पाइकर र ब्लक त्यति गतिलो छैन।’

तस्बिरहरु: मदन चौधरी/ प्रशान्त लामिछाने

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App