खेल

चेल्सी र पिएसजी विजयी

क्यालिफोर्निया–प्रि–सिजनको  अभ्यासमा क्रममा भएको मैत्रीपूर्ण खेलमा चेल्सी र पेरिस सेन्ट जर्मन पएिसजी आ–आफ्नो खेलमा विजयी भएका छन्।  बिहीबार बिहान क्यालिफोर्नियामा सम्पन्न इन्टरनेशनल कप अन्तर्गतको खेलमा इङलिस प्रिमियर टोली चल्सीले लिभरफुललाई १ –० ले पराजित गर्दा फ्रान्सेली टोली पिएसजीले स्पेनिस जायन्ट रियल मड्रिडलाई ३–१ गोल अन्तरले पराजित गरेको हो।

लिभरपुललाई पराजित गर्ने क्रममा चेल्सीका ग्यारी चालिजले सेस फ्याब्रिगासको पासमा हेडमार्फत खेलको १० औं मिनेटमा गरेका थिए ।
त्यस्तै पिएसजिको जितमा जर्मन स्ट्राइकर थोमस मुलरले दुई गोल तथा जोनाथोन आइकोनले एक गोल गरेका थिए। रियल मड्रिडका मर्सेलोले पेनाल्टीमार्फत एक गोल गरेका थिए।

 

प्रकाशित: १३ श्रावण २०७३ ०६:०५ बिहीबार

चेल्सी पिएसजी