खेल

ह्ग्विोइन युभेन्टस जाने पक्का

रोम –अर्जेन्टिनाका स्ट्राइकर गोल्जालो ह्ग्विोइन इटालियन सिरी ए क्लब युभेन्टस जाने पक्का भएको छ। इटालीका संचारमा माध्यमले जनाए अनुसार युभेन्टस ह्ग्विोइनलाई अर्को सिरी ए टोली नेपोलीबाट ७९ मिलयिन युरोमा भित्र्याउन लागिएको हो। उनले मड्रिडमा हुने मेडिकल टेस्टपछि युभेन्टससँग चार वर्षे सम्झौता पत्रमा औपचारिक रुपमा हस्ताक्षर गर्ने संचार माध्यमले जनाएका छन्।

गत सिजन नेपोलीबाट खेलेका उनले ३६ गोल गर्दै सिरी ए मा ८७ वर्ष पहिलादेखि रहेको उच्च गोलको रेकर्डसँग बराबरी गरेका थिए।
उनलाई आफ्नो क्लबमा भित्र्याउन इङलिस प्रिमियर टोली आर्सनलेपनि इच्छा देखाएको थियो। यस सम्झौतासँगै उनी युभेन्टसले अनुबन्धन गरेका महंगो खेलाडी हुनेछन्। यसअघि युभेन्टसले गोलकिपर बुफोनलाई सन् २००१ मा पर्मा बाट ४२ मिलियन युरोमा अनुबन्धन गरेको थियो।

 

प्रकाशित: ९ श्रावण २०७३ ०६:१४ आइतबार

ह्ग्विोइन युभेन्टस जाने पक्का