खेल

बार्सिलोना ‘कोपा डेल रे’ को अन्तिम १६ मा प्रवेश

सीएफ इन्टरसिटीलाई हराउँदै बार्सिलोना ‘कोपा डेल रे’ फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ।

बिहिबार सम्पन्न भएको खेलमा इन्टरसिटीलाई अतिरिक्त समयमा ४-३ गोल अन्तरले हराउँदै बार्सिलोना अन्तिम १६ मा प्रवेश गरेको हो।

बार्सिलोनालाई जिताउन रोनाल्ड अरुजो, ओसुमाने डेम्बेले, राफिन्हा र अन्सु फातीले एकएक गोल गरे। इन्टरसिटका ओरिओल सोल्डेभिला पुइगले ह्याट्रिक गोल गरे।  

अरुजोले खेलको चौथो मिनेटमा गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाए। ५९ औं मिनेटमा इन्टरसिटीका सोल्डेभिला पुइगले गोल गर्दै खेललाई बराबरीमा ल्याए।त्यस्तै खेलको ६६ औं मिनेटमा डेम्बेलेले गोल गर्दै बार्सिलोनालाई २-१ को अग्रता बनाए।

७४ औं मिनेटमा पुइगले व्यक्तिगत दोस्रो गोल गर्दै खेल २-२ को अवस्थामा ल्याएपनि ३ मिनेटपछि राफिन्हाले गोल गर्दै बार्सिलोनालाई पुन खेललाई ३-२ गोलले अग्रता बनाए। तर,८६ औं मिनेटमा पुइगले ह्याट्रिक गोल गर्दै इन्टरसिटीलाई ३-३ को बराबरीमा ल्याए।

अतिरिक्त समयको १०३ औं मिनेटमा अन्सु फातीले गोल गर्दै बार्सिलोनालाई ४-३ को जित दिलाए।

प्रकाशित: २१ पुस २०७९ ०४:२६ बिहीबार

बार्सिलोना