खेल

अस्ताए फूटबलका जादुगर(पेले), यस्तो छ उनको जीवनी

विश्व फूटबल जगतका एक महान् खेलाडी पेलेको ८२ बर्षको उमेरमा बिहिबार राति (२९ डिसेम्बर,२०२२) साओ पाउलोको अल्बर्ट आइन्टाइन अस्पतालमा उपचारको क्रममा निधन भयो। लामो समयदेखि क्यान्सर रोगसँग लडिरहेका ब्राजिलियन फुटबल खेलाडी पेलेको निधन भएको उनको एजेन्ट जो फ्रागा र उनको परिवारले पुष्टि गरेका हुन्।

उनकाे सन् २०१५ मा प्रोस्टेटको शल्यक्रिया र २०२१ को सेप्टेम्बरमा ट्युमरको शल्यक्रिया गरिएको थियो।

पेलेकाे जन्म सन् १९४० अक्टोबर २३ मा ब्राजिलकाे एड्सन अरेन्टेस डो नासिमेन्टो गाउँमा एक गरिब परिवारमा भयाे। उनी आफ्नो फुटबल जीवनमा अदभूत खेल कौशलले फुटबल संसारमा चर्चित बने। उनको वास्तविक नाम एड्सन आरान्तेस दो नासिमेन्तो हो। उनलाई संसारभरिका मानिसहरू पेले उपनामले चिन्दछन्। पेलेलाई आफ्नो खेल जीवनमा फुटबलका सम्राट् अर्थात् राजा भनेर चिनिन्थ्यो।

उनले सानामा नाङ्गा खुट्टाले झुम्राको बल खेल्थे। सडकबाटै उनले फुटबलको कला सिकेका थिए। र यसरी नै फुटबलको सुन्दरतम् कला सिके। १६ वर्षमै उनी ब्राजिलको राष्ट्रिय टोलीमा परे र १७ वर्षको उमेरमा विश्वकप खेल्ने विश्वकै कान्छो खेलाडी पनि बने। सन् १९५८को त्यो विश्वकपपछि त उनी एड्सन अरान्ते दो नासिमेन्तो रहेनन्, पेले भनेर चिनिए। ब्राजिलियन-पोर्चुगली भाषामा नाङ्गो खुट्टाले खेल्नुलाई पेलेदास भनिन्छ। उनका पिता क्लब स्तरका खेलाडी भएकै कारण उनले सानैदेखि फूटबल प्रशिक्षण पाएका थिए। छोरालाई फुटबलर बनाउने सपना त्यहाँबाट पूरा हुने नदेखेपछि उनको परिवार साओ पाओलोको बाउरु सहरमा बसाई सर्‍यो। र १५ वर्षको उमेरमा उनी ब्राजिलको चर्चित क्लब सान्टोसमा अनुबन्ध भए।

ब्राजिलले पाँच पटक फिफा विश्वकप जितेको छ। पाँच मध्ये तीन उपाधि जिताउने नायक हुन्, पेले। उनकै प्रेरणामा ब्राजिलले १९५८, १९६२ र १९७० मा विश्वकपको उपाधि जितेको थियो। पेले संसारका एक मात्रै खेलाडी हुन्, जसले तीन विश्वकप जितेको छ। साथै सबैभन्दा कम उमेरमा विश्वकप खेल्ने, गोल गर्ने, ह्याट्रिक गर्ने र फाइनल खेलेको रेकर्ड ६० वर्षसम्म पनि उनकै नाममा छ।

आफ्नो २२ वर्ष लामो सक्रिय व्यावसायिक फुटबल जीवनमा उनले कुल १ हजार ३ सय ६३ वटा खेलमा १ हजार २ सय ८१ गोल गरे। एक हजारभन्दा बढी गोल गर्ने एक मात्र खेलाडी मानिएका पेलेले आजीवन ब्राजिलियन क्लब सान्तोसकै लागि मात्र खेलेका खेले।  उनले ब्राजिलको लागि ९१ खेलमा ७७ गोल गरेका छन्।  

सन् १९५९ मा उनले क्लबको तर्फबाट पहिलो खेलमै गोल पनि हाने। फूटबलमा पेलेको टेक्निक र प्राकृतिक जोशीलोपनको विश्वभर प्रशंसा गरिएको छ र उनको खेल समयमा उनी सर्वश्रेष्ठ ड्रिबलिङ्ग, पासिङ्ग, र गोल बनाउने क्षमताका को लागि प्रशिद्ध थिए।  

ब्राजिल सरकारले उनको तस्बिर हुलाक टिकटमा प्रकाशित गर्‍यो र जन्मस्थानमा पूर्णकदको सालिक समेत बनाइदियो। सन् १९६० मा ब्राजिलले उनलाई राष्ट्रिय सम्पति घोषणा गर्‍यो। सन् १९७० को विश्वकपमा उनलाई स्वर्णपदकबाट सम्मान गरियो।

सन् १९७१ को युगोस्लाभिया विरुद्धको खेलपछि उनले फुटबल खेलबाट सन्यास लिए। त्यतिबेला उनले आफ्नो १० नम्बरको जर्सी फुकालेर मैदानमा एक चक्कर लगाएका थिए।  

उनले ३ पटकसम्म विवाह गरेका थिए। उनको पहिलो विवाह रोजमेरी डोस रईस चोल्बीसँग सन् १९६६ मा भएको थियो। उनको पहिलो श्रीमतीबाट उनकी २ वटी छोरीहरु भएका थिए। तर सन् १९८२ मा उनको सम्बन्ध विच्छेद भयो। सन् १९८१ देखि सन् १९८६ सम्म उनी उनका साथी क्सुक्सासँग रोमान्टिकली इन्भल्भडमा थिए। जसबाट उनलाई एक मोडल बन्नको लागि सहायता प्राप्त भएको थियो। क्सुक्सा जम्मा १७ बर्षकी थिइन्, जब पेलेले उनीसँग डेट सुरु गरेका थिए। त्यसपछि उनले सन् १९९४ मा अस्सिरिया लेमोस सेइक्साससँग विवाह गरे। त्यसपछि उनले २ जुम्ल्याह बच्चालाई जन्म दिइन्। त्यसपछि फेरि उनी आफ्नी अर्की श्रीमतीसँग पनि छुट्टिए र सन् २०१६ मा फेरि मर्सिया ओकिसँग विवाह गरे। एजेन्सीको सहयोगमा

प्रकाशित: १५ पुस २०७९ ०२:५५ शुक्रबार