खेल

पेलेको तेस्रो विवाह

साओ पाउलो- ब्राजिली फुटबलका महान खेलाडी पेलेले मंगलबार तेस्रो विवाह गरेका छन्। पेलेले ६ वर्षदेखि प्रेम सम्वन्धमा रहेकी मार्सिया किबेले ओकीसँग विवाह गरेका हुन्।

७५ वर्षे पेपले स्थानिय एक पत्रिकालाई आफूले सधैका लागि माया गर्ने साथी भेटेको बताएका छन्। पेले र ओकीबीच १९८० कै दशकमा पहिलो पटक ओमेरिकाको न्यूयोर्कमा भेट भए पनि २०१० बाट उनीहरुबीच सम्बन्ध सुरु भएको थियो। ४२ वर्षे ओकी पछिल्ला वर्षहरुमा तीन पटकका विश्वकप विजेता पेलेसँग सार्वजनिक रुपमा देखिन थालेकी थिइन्। केही वर्षयता पेले पटक–पटक अस्पताल भर्ना हुँदा ओकी त्यहाँ पुग्ने गर्थिन। पेले फुटबल इतिहासकै एक महान खेलाडी हुन्।

आफ्नो खेल जीवनमा १ हजार ३ सय ६३ खेल खेलेका उनले १ हजार २ सय ८१ गोल गरेका थिए। १९५७ देखि १९७१ सम्म ब्राजिलको राष्ट्रिय टोलीबाट उनले ९१ खेल खेले। ब्राजिलकै एफसी सान्तोष र न्यूयोर्क कस्मसबाट पेलेले व्यवसायिक फुटबल खेलेका थिए।

प्रकाशित: २७ असार २०७३ ०४:१२ सोमबार

पेलेको तेस्रो विवाह