खेल

नेपाल टि२० क्रिकेट लिगमा काठमाडौंले जनकपुरलाई हरायो

तस्बिर : फेसबुक पेज नेपाल टि२०क्रिकेट लिग

नेपाल टि२०क्रिकेट लिगमा काठमाडौं नाइट्सले जनकपुर रोयल्सलाई ५३ रनले हराएको छ। कीर्तिपुर क्रिकेट मैदानमा आज भएको दोस्रो खेलमा  पहिलो ब्याटिङ गरेको काठमाडौं नाइट्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २ सय ८ रन बनायो। जवाफमा जनकपुर रोयल्स निर्धारित २० ओभरमा १ सय ५५ रनमा अल आउट हुन पुग्यो। र खेल ५३ रनबाट हार्‍यो।  

यस अघि पहिलो ब्याटिङ गरेको  काठमाडौँका एलेक्स ब्लेकले ४३ बलमा ४ चौका र ७ छक्कासहित सर्वाधिक सर्वाधिक ८३ रन बनाए। ओपनर विरनदीप सिंह ३४ बलमा ७ चौका र १ छक्कासहित ४९ रनमा आउट भए।लोकेश बम ८ बलमा २ चौका र १ छक्कासहित १५ रनमा बोल्ड भए। जनकपुर रोयल्सका पवन सरार्फले ४ ओभरमा १८ रन खर्चेर २ विकेट लिए। सोमपाल कामी, जितेन्द्र मुखिया, सराफुद्धिन अशरफ र मोहम्मद आदिल आलमले एक एक विकेट लिए।

जनकपुरका लागि समिउल्लाह सिनवारीले सर्वाधिक २९ रन बनाए। सन्दीप जोरा २६ रन तथा पवन सराफ २४ रनमा आउट भए। शरफुदिन असरफले १९ तथा आदिल आलमले १६ रन बनाए। काठमाडौँका लागि अजमतुल्लाह उमरजाईले ३ तथा बसिर अहमदले २ विकेट लिए। कमल सिंह ऐरी,सुनाम गौतम,अनिल खरेल र अविनाश बोहोराले समान एक एक विकेट लिए।दोस्रो जितसँगै काठमाडौं अंक तालिकामा दोस्रो स्थानमा उक्लिएको छ। जनकपुर भने अंक तालिकामा तेस्रो स्थानमा रहेको छ। काठमाडौ र जनकपुरको समान ४ अंक भए पनि रनरेटको आधारमा काठमाडौ दोस्रो स्थानमा रहेको छ। त्यसैगरी  ३ खेलमा तीनै जितसंगै ६ अंकका साथ लुम्बिनी अलस्र्टास पहिलो स्थानमा रहेको छ। 

प्रकाशित: १२ पुस २०७९ १२:०१ मंगलबार

नेपाल टि२० क्रिकेट लिग