काठमाडौं- १२ औं एसियन स्कुल चेस च्याम्पियनसिपमा भाग लिन तीन सदस्यीय नेपाली टोली शुक्रबार इरान गएको छ। इरानको राजधानी तेहरानमा जुलाई ९ देखि १८ सम्म हुने प्रतियोगितामा कास्कीका अटलबहादुर कोइरालाले १३ वर्षमुनिको उमेर समूहमा प्रतिस्पर्धा गर्नेछन्। कास्की जिल्ला बुद्धिचाल संघका सचिव अनिलबहादुर कोइराला अफिसियल र नेपाल बुद्धिचाल संघका उपाध्यक्ष तथा अर्न्तराष्ट्रिय आर्बिटर ज्ञानेन्द्र खाइजुले आर्बिटरको भूमिका निभाउने छन्।
प्रतियोगितामा एसियाका करिब ३० देशबाट १ हजार ५ सय खेलाडी सहभागी हुने जनाइएको छ।
प्रकाशित: २५ असार २०७३ ०२:३५ शनिबार