खेल

रोनाल्डोको नयाँ रेकर्ड

लियोन –पोर्चुगल तथा रियल मड्रिडका स्टार क्रिस्टियानो रोनाल्डोले युरोकपमा सर्वाधिक गोलकर्ताका रुपमा रहेका फ्रान्सका मिचेल प्लाटिनीको कीर्तिमान बराबरी गरेका छन्।

गए राति लियोन सटेडिममा सम्पन्न पहिलो सेमिफाइनलमा वेल्स विरुद्धको खेलको ५० औं मिनेटमा गोल गर्दै रोनाल्डोले प्याटिनीको कीर्तिमान बराबरी गरेका हुन्। प्याटिनीको नाममा ९ गोलको रेकर्ड रहेको थियो। वेल्स विरुद्धको खेलमा गोल गरेका रोनाल्डोको गोल संख्या पनि ९ पुगेको छ। जारी युरो कपमा उनको गोल संख्या भने तीन पुगेको छ।

उनले हंगेरी विरुद्धको समुह चरणको अन्तिम खेलमा २ गोल गरेका थिए । यस अघि युरो कप २००४ मा एक गोल गरेका रोनाल्डोले युरोकप २००८ मा २ तथा २०१२ मा  ३ गोल गरेका थिए। यस अघि लतातार चार युरोकपमा गोल गर्दै आफ्नो नाममा कीर्तिमान बनाएका रोनाल्डोलाई आइतबार पेरिसमा हुने फ्रान्स र जर्मनी बिचको विजेतासँग फाइनल खेलमा गोल गर्दै सर्वाधिक गोलकर्ताको कीर्तिमान बनाउने अवसर पनि छ।

 

प्रकाशित: २३ असार २०७३ ०४:४४ बिहीबार

रोनाल्डोको रेकर्ड