खेल

बाग्मती प्रदेश च्याम्पियन

 बाग्मती प्रदेश आइतबार १२औं राष्ट्रिय जुनियर आइटिएफ तेक्वान्दो प्रतियोगितामा च्याम्पियन भएको छ।

रामेछापको सुनापतिमा सम्पन्न प्रतियोगितामा बाग्मती प्रदेश ६ स्वर्ण, पाँच रजत तथा एक कांस्य पदकसहित च्याम्पियन भएको हो। आयोजक सुनापति तेक्वान्दो एकेडेमी दोस्रो भयो। सुनापतिले ६ स्वर्ण, तीन रजत तथा चार कांस्य जित्यो।  

लुम्बिनी प्रदेश चार स्वर्ण, चार रजत तथा ६ कांस्य पदकसहित तेस्रो भयो। प्रतियोगितामा महिलाततर्फ  प्रदेश–१ का कुसुम राजवंशी तथा पुरुषमा सुदूरपश्चिम प्रदेशका रिजन शिवभक्ती प्रथम भए। उनीहरूले ट्रफी प्राप्त गरे। उदीयमान खेलाडी बाग्मती प्रदेशकी सुस्स्मिता तामाङ घोषित भइन्। 

प्रतियोगिताको विजयी टोली तथा खेलाडीलाई सुनापति गाउँपालिकाका अध्यक्ष ठूलाकान्छा तामाङ र गाउँपालिका उपाध्यक्ष गीता विष्टले पुरस्कार वितरण गरे। समापन समारोह आयोजक कमिटीका अध्यक्ष बाबुराम तामाङको सभापतित्वमा भएको थियो। दुईदिने प्रतियोगिताको लागत रकम १३ लाख रूपैयाँ रहेको थियो।  

प्रकाशित: ११ पुस २०७९ ०१:५४ सोमबार

बाग्मती प्रदेश च्याम्पियन