खेल

फुटसलको उपाधि शारदा माविलाई

फाइल तस्वीर

भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिताको फुटसलतर्फको उपाधि शारदा मावि यालाछें व्यासी भक्तपुरले जितेको छ। शारदा माविले सैनिक आवासीय महाविद्यालय सल्लाघारी भक्तपुरलाई २–१ ले पराजित गर्दै उपाधि हात पारेको हो।

प्रतियोगितामा शारदा माविका कप्तान विजय मोक्तानले २ गोल गरेका थिए। मध्यान्तरपछि सैनिकका अनुभव पुरीले १ गोल फर्काए। प्रतियोगितामा उदीयमान खेलाडी जेसिस स्कुलका श्रीजन मल्ल, उत्कृष्ट खेलाडी शारदा माविका विजय मोक्तान, उत्कृष्ट गोलकिपर शारदा माविकै भक्त राशकोटी र फाइनल खेलका म्यान अफ दी म्याच शारदा माविका विजय मोक्तान घोषित भए।

विजयी टोली तथा उत्कृष्ट खेलाडीलाई शुक्रबार नै आयोजक भक्तपुर नगरपालिकाकी उपप्रमुख रजनी जोशीको पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिन्। 

प्रकाशित: ९ पुस २०७९ ०२:०३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App