लिभरपुललाई हराउँदै म्यानचेस्टर सिटी काराबाओ कप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ।
शुक्रबार राति भएको खेलमा साविक विजेता लिभरपुललाई ३-२ गोल अन्तरले हराउँदै सिटी क्वाटरफाइनलमा प्रवेश गरेको हो।
खेलको १० औं मिनेटमा अर्लिङ हालाण्डले गोल गर्दै सिटीलाई सुरुवाती अग्रता दिलाएका थिए।
२० औं मिनेटमा फाबियो कार्भाल्होले गोल गर्दै लिभरपुल लाई १-१ गोलको बराबरीमा ल्याए।
खेलको ४७ औं मिनेटमा रियाद महरेजले गोल गर्दै सिटीलाई फेरि २-१ को अग्रता दिलाए। त्यसको एक मिनेटपछि मोहमद सलाहले गोल गर्दै लिभरपुललाई २-२ को बराबरीमा ल्याए।
त्यसपछि खेलको ५८ औं मिनेटमा नाथन एकेले गोल गर्दै सिटीलाई ३-२ को जित दिलाए।
अब सिटीले क्वाटरफाइनलमा साउथह्याम्पटनको सामना गर्नेछ।
प्रकाशित: ८ पुस २०७९ ०६:१३ शुक्रबार