खेल

सडनडेथमा इटाली जर्मनीसंग स्तब्ध

फ्रान्समा जारी युरो कप २०१६ को तेस्रो क्वाटरफाइनलमा सडनडेथमा इटालीलाई  स्तब्ध पार्दै विश्वविजेता जर्मनी सेमीफाइनलमा प्रवेश गरेको छ।
 गए राति सम्पन्न खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। खेलको ६६ औ मिनेटमा इटालीका डिफेन्डरलाई डिफ्लेक्ट हुदै प्राप्त बलमा मेसुट ओजिलले गोल गर्दै जर्मनीलाइ खेलमा १—० गोलको अग्रता दिलाए । तर खेलको ७८  औ मिनेटमा जर्मनीका रक्षक जर्मी बोयटङले डि एरियामा ह्यान्ड गर्दा प्राप्त  पेनाल्टीमा गोल गर्दे इटालीका बोनुचीले गोल गर्दै खेल १—१ गोलको बराबरीमा ल्याएका थिए। खेलको निर्धारित ९० मिनेट तथा थप गरीएको ३० मिनेटमा पनि खेल  १—१ गोलको  सकिएपछि ट्राइब्रेकरमा पुगेको थियो।
ट्राइब्रेकरमा जर्मनीका थोमस मुलर,ओजिल र स्वाइनस्ट्राइकर गोल गर्नबाट चुकदाँ इटालीका पनि जाजा, पेले र बोनुची गोल गर्न चुक्दाँ दुवै टोलीले २—२ गोलको बराबरी भएपछि खेल सडनडेथमा धकेलिएको थियो। जहाँ जर्मनी ६—५ गोल अन्तरको जित हात पार्दैं अन्तिम चारको स्थान सुरक्षित गर्यो। सडनडेथमा इटालीका डर्मिआनको प्रहार जर्मन गोलरक्षक न्युअरले रोके। जर्मनीका जोसन हेक्टरले गोल गर्दै टोलीको जित सुनिश्चित गरेका थिए।
यो कुनै पनि ठुलो प्रतीयोगीतामा जर्मनीले इटालीलाई पराजित गरेको पहिलो पटक हो। यस अघि आठ भेटमा इटालीले बाजी मार्दै आएको थियो। जर्मनीले सेमीफाइनलमा फ्रान्स र आइसल्याण्डको विजेतासंग खेल्ने छ।

 

प्रकाशित: १९ असार २०७३ ०१:४४ आइतबार

सडनडेथमा इटाली जर्मनीसंग स्तब्ध