खेल

पदकविजेतालाई सम्मान

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत आइटिएफ तेक्वान्दोमा प्रदेश-१ बाट प्रतिनिधित्व गर्दै पदक जित्ने खेलाडी सम्मानित भएका छन्।

प्रदेश-१ आइटिएफ तेक्वान्दो संघको वार्षिकोत्सवका अवसरमा राष्ट्रिय खेलकुदमा पदकविजेता खेलाडीका साथै वर्षभरि उत्कृष्ट खेल प्रदर्शन गरेका खेलाडी, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट जिल्ला र उत्कृष्ट डोजाङलाई सम्मान गरिएको थियो। वर्षको उत्कृष्ट खेलाडी महिलातर्फ मोरङकी कुसुम राजवंशी, पुरुषतर्फ झापाका रोशन मगर तथा उत्कृष्ट प्रशिक्षकमा झापाका चन्द्रबहादुर तामाङ सम्मानित भए।

त्यस्तै उत्कृष्ट जिल्लातर्फ आइटिएफ तेक्वान्दो संघ मोरङ र डोजाङतर्फ भोजपुरको दिङ्ला आइटिएफ तेक्वान्दो डोजाङ प्रदेशकै उत्कृष्ट घोषित भए। नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा स्वर्ण पदक विजेता मोरङकी कुसुम राजवंशी, झापाका रोशन मगर र वीरबहादुर तामाङ सम्मानित भए।

 रजत पदक विजेता मोरङकी इन्दिरा थापा र भोजपुरकी सजिना तामाङ तथा कांस्य पदक विजेता मोरङका प्रथम कार्की, नितेश खवास, सुनसरीका हीराधन राई,भोजपुरका दिलन राई र सुदीप तामाङ सम्मानित भए।  

प्रकाशित: ७ पुस २०७९ ०२:३२ बिहीबार

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता पदकविजेतालाई सम्मान