खेल

आर्मी यु-१८ च्याम्पियन

काठमाडौं- त्रिभुवन आर्मी क्लबले प्रथम ललित स्मृति यु–१८ फुटबल प्रतियोगिताको उपाधि जितेको छ। बुधबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा आर्मीले जगदम्बा लुम्बिनी फुटबल क्लबलाई टाइब्रेकरमा ३–१ ले हरायो।निर्धारित समय दुवै टोलीले १–१ को बराबरी खेलेका थिए। फाइनल जितसँगै आर्मीले समूह चरणमा लुम्बिनीसँग बेहोरेको हारको बदला लिएको छ। जहाँ लुम्बिनीले आर्मीमाथि ६–० को जित पाएको थियो।

टाइब्रेकरमा आर्मीका दोर्जे तामाङ, प्रिजेन तामाङ र कप्तान अभिषेक रिजालले गोल गरे भने दिनेश हेम्जन र अनोश मगरको प्रहारलुम्बिनीका गोलकिपर सन्देश गुरुङले रोेकेका थिए। लुम्बिनीको तर्फबाट रञ्जित थापाले मात्र गोल गर्न सके। आर्मीका गोलकिपर अर्पण कार्कीले लुम्बिनीका मन्दिप थापा र तेजेन्द्र पुनको प्रहाररोकेका थिए। कप्तान जनोममान लिगलको प्रहार पोस्ट बाहिर गएको थियो।

निर्धारित समयमा लुम्बिनीले आर्मीलाई दबाबमा राख्यो। लुम्बिनीका जनोमले ६ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाए। तर, प्रिजेनले पेनाल्टी अवसरमा ७५औं मिनेटमा गोल गरेपछि खेल बराबरी भएको थियो। त्यतिबेला आर्मी र लुम्बिनीका खेलाडीले झगडा गर्न थालेपछि रेफ्री प्रकाशनाथ श्रेष्ठले दुई पहेँलो कार्ड देखाए। आर्मीका अनोश मगर र लुम्बिनीका अशोक थापाले पहेँलो कार्ड पाए।

लुम्बिनीका प्रशिक्षक याम गुरुङले रेफ्रीको खराब निर्णयले खेल हार्नुपरेको आरोप लगाए। उनले भने, 'रेफ्रीले खराब निर्णयले गर्दा आर्मीले पेनाल्टी प्रहार गर्ने अवसर पायो। हाम्रा खेलाडीले गल्ती गरेका थिएनन्। पेनाल्टीमा गोल भएपछि टोलीमा असर पर्‍यो। त्यसले हाम्रो खेलको लयनै बिगारिदियो।'

लुम्बिनीका कप्तान जनोमले टोलीले दोस्रो हाफमा सुरुआती लयअनुसार खेल्न नसकेको बताए। उनले भने, 'हामीले राम्रो सुरुआत गरेका हौं। तर खेलमा त्यति लयमा खेल्न सकिन्न।' पहिलो हाफमा टोलीले पाएका अन्य अवसरसदुपयोग गर्न नसक्दा पनि समस्या भएको उनले बताए। पहिलो हाफको अन्त्यतिर जनोमले आर्मीका तीन रक्षककटाउँदै गरेको प्रहारगोलकिपरले सहजै रोक्न सफल भए।

आर्मीले पनि पहिलो हाफमा एउटा उत्कृष्ट अवसर पाएको थियो। तर, प्रिजेनको प्रहार सोझै गोलकिपरको हातमा पुगेको थियो।

आर्मीका प्रशिक्षक चक्र तामाङले उपाधि जित्नु टोलीको महŒवपूर्ण उपलब्धिमा पर्ने बताए। टोली विपक्षीको दबाबमा खेलेको भन्दै उनले भने, 'लिग चरणको नतिजाले हामीदबाबमा थियौं। पहिलो हाफमा त्यो स्पष्ट रूपमा देखिएको थियो। तर बराबरी गोल गरेपछि हामी खेलमा फर्कियो।'

उपाधि जितबाट उत्साहीप्रशिक्षक तामाङले प्रतियोगिताले युवा फुटबलरलाई अवसर प्रदान गरेको बताए। उनले भने, 'उपाधि जित्दा खुसी छौं। टिमले अन्तिमसम्म मिहिनेत गरेको थियो। प्रतियोगिताले युवा खेलाडीको क्षमता विकासमा थप सहयोग गर्नेछ।'

विजेता आर्मीले ३ लाख र उपविजेता लुम्बिनीले १ लाख ५० हजार पुरस्कार पाए। आर्मीका सुमन अर्याल उत्कृष्ट रक्षक, लुम्बिनीका जनोम उत्कृष्ट स्ट्राइकर, लुम्बिनीकै दामोदर थापा क्षेत्री उत्कृष्ट मिडफिल्डर, सिएमजी संकटाका सुशील बस्नेत उत्कृष्ट गोलकिपर र आर्मीका चक्र तामाङ उत्कृष्ट प्रशिक्षकबाट पुरस्कृत भए। उत्कृष्ट हुने सबैले जनही १५ हजार पाएका थिए।

अखिल नेपाल फुटबल संघका तत्कालीन कार्यवाहक अध्यक्ष ललितकृष्ण श्रेष्ठको स्मृतिमा यो प्रतियोगिता आयोजना भएको हो।

प्रकाशित: १६ असार २०७३ ०३:३१ बिहीबार

आर्मी यु-१८ च्याम्पियन