अर्जेन्टिनाले कतारमा आयोजना भएको फिफा विश्वकप फुटबलको उपाधि जितेको छ।
आइतबार राति भएको फाइनलमा साविक विजेता फ्रान्सलाई पेनाल्टी सुटआउटमा ४-२ गोल अन्तरले हराउँदै अर्जेन्टिना विश्वविजेता बनेको हो।
लुसिल स्टेडियममा भएको रोमान्चक खेलको निर्धारित ९० मिनेट २-२ गोलको बराबरीमा सकिएको थियो। थप गरिएको ३० मिनेटको अतिरिक्त समयमा पनि १-१ गोल भएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट भएको थियो।
अर्जेन्टिनाका लागि लियोनल मेसी, पउलो डेबेला, लियोनार्पो पेरेडेस र गोन्जालो मोन्टेलले गोल गरे। फ्रान्सका लागि केयलिन एमबापे र कोलो मुनीले मात्र गोल गरे।
अर्जेन्टिनाले तेस्रो पटक विश्वकपको उपाधि जितेको हो।
प्रकाशित: ३ पुस २०७९ १८:०२ आइतबार