खेल

रिर्काडोको गोलमा पोर्चुगल क्वाटरफाइनलमा

फ्रान्स- युरो कप २०१६ अन्तर्गत गए राती सम्पन्न प्रि–क्वाटरफाइनमा पोर्चुगलले क्रोएसियालनई १-० गोलले पराजित गर्दै पोल्याण्डसँगको भेट निश्चित गरेको हो। खेलमा अधिकांश समय बलमा नियन्त्रण लिँदै पोर्चुगलको पोस्टमा लगातार आर्क्रमण गरेको क्रोएसियाले गोल भने गर्न सकेन।

निर्धारित ९० मिनेट गोलरहित बरबरीमा सकिएपछि ३० मिनेट थप गरिएको थियो। थप गरिएको समयमा सम्हालिन नसक्दा क्रोएसिया पराजित भएको हो। अतिरिक्त खेलाडीका रुपमा मैदान प्रवेश गरेका रिर्काडो क्वारिज्माले खेलको ११६औं मिनेटमा गोल गर्दै पोर्चुगलको अन्तिम आठको यात्रा पक्का गरेका हुन्।

हिजै सम्पन्न अर्को खेलमा वेल्सले नर्दन आयरल्याण्डलाई पराजित गरेको छ। प्रतिस्पर्धात्मक खेलको ८७औं मिनेटमा उसका अनुभबी खेलाडी ग्यारेथ म्याकोनीले ग्यारेथ बेलको प्रहार रोक्न खोज्दा आफ्नै पोस्टमा गोल गर्न पुगेका थिए। वेल्सले क्वारफाइनलमा हंगेरी र बेल्जियमको विजेतासँग खेल्नेछ।

हिजो सम्पन्न पहिलो खेलमा भने पोल्यान्ड विजयी भएको थियो। पोल्यान्डले टाइब्रेकरमा स्विजरल्यान्डलाई पराजित गरेको थियो।

 

प्रकाशित: १२ असार २०७३ ०१:४५ आइतबार

रिर्काडोको गोलमा पोर्चुगल क्वाटरफाइनलमा