खेल

डिमारियाले फाइनल खेल्ने अनिश्चित

होस्टन— अर्जेन्टिनाका ऐन्जिेलो डिमारियाले चिली विरुद्धको फाइनल खेल खेल्ने अनिश्चित भएको छ।
बिहिबार बिहान अभ्यासमा उपस्थित भएपनि पुरा समय अभ्यासमा नबिताएका उनले फाइनल खेल नखेल्ने लगभग निश्चित भएको हो।
समूह चरणको पानामाविरुद्धको खेलका क्रममा मास्सपेशीमा समस्या आएपछि उनी मैदानबाट बाहिरिएका थिए। त्यसपछि खेलिएका तीन खेलमा उनी बेन्चमा रहदै आएका थिए।
आयोजक अमेरिकाविरुद्ध सेमिफाइनल खेलका क्रममा इजिक्विेल लाभेजी हात भाच्चिए पछि फाइनल खेल्नमा अर्जेन्टिाइन टोलीमा हुने छैनन्। यता डि मारियासंगै डिफेन्डिर मार्कोस रोजो र निकोलास जाइटन पनि घाइते भएपछि गत संस्करणको फाइनलमा चिलीसँग  भोगेको हारको बदला लिने धुनमा रहेको अर्जेन्टिना केहि समस्यामा देखिएको छ।
अर्जेन्टिनाले सोमबार बिहान हुने फाइनल डिफेन्डिङ च्याम्पियन चिलीको सामना गर्दैछ।

 

प्रकाशित: १० असार २०७३ ०९:०३ शुक्रबार

डिमारियाले फाइनल खेल्ने अनिश्चित