खेल

श्वेताले जितिन बिश्व शारीरिक सुगठनमा रजत

थाईल्याण्डको फुकेटमा जारी १३औं विश्व शारीरिक सुगठन तथा फिजिक स्पोर्टस् च्याम्पियनसिपमा नेपालकी श्वेता कपालीले रजत पदक प्राप्त गर्न गरेकी छिन। पहिलो अन्तराष्ट्रिय प्रतियोगितामा प्रतिपर्धा गर्दै कपालीले महिला मोडल फिजिक्स विधामा पदक जित्न सफल भएको टिम ब्यवस्थापक दिनेश राजभण्डारीले जानकारी दिए।  

यस पदका साथै नेपालले सहभागिता जनाएको पुरुष र महिला दुवै विधामा पदक जित्न सफल भएको छ। शुक्रबार सम्पन्न प्रतिस्पर्धामा पुरुष ६५ केजी तौल समूहमा प्रज्वलमान शाक्ले कास्य पदक जितेका थिए।थााईल्याण्ड शारीरिक सुगठन तथा फिजिक स्पोर्टस् संघको आयोजना भएको च्याम्पियनसिप महिला मोडल फिजिक्स तर्फ फाईनल प्रवेश गर्ने क्रममा १० प्रतिपर्धी विचबाट उत्कृष्ट ५ मा पर्दै फाईनल प्रवेश गरेकी कपालीले तीन प्रतिस्पर्धी हंगेरी, थाईल्याण्ड तथा मंगोलियाकी खेलाडीहरुलाई उछिन्दै दोश्रो स्थान प्राप्त गर्न सफल भएकी थिईन्। यस विधामा हंगकंग चाइनाकी तु सुयत यान पहिलो हुँदै स्वर्ण पदक प्राप्त गर्न सफल भएकी थिईन्।

प्रकाशित: २५ मंसिर २०७९ १२:०१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App