खेल

मेस्सी कोपा अमेरिका खेल्न क्यालिफोर्निया पुगे

क्यालिफोर्निया–अर्जेन्टिना तथा बार्सिलोनाका फुटबल स्टार अमेरिकामा जारी नवौं कोपा अमेरिका कप खेल्न क्यालिफोर्निया आइपुगेका छन्। अभ्यास खेलका क्रममा होन्डुरस विरुद्धको खेलमा घाइते हुदाँ उनले नखेल्ने अनुमान गरिएको थियो ।
गत बिहीबार कर छली प्रकरणमा आफ्ना पिता जर्जसँगै स्पेनको एक अदालतमा उपस्थित भएपछि उनले अमेरिकामा जारी कोपा अमेरिकामा अर्जेन्टिनाकातर्फबाट सहभागी नहुने अनुमान गरिएको थियो । क्यालिफोर्निया आइपुगे पनि अभ्यास एक्लै गरेपछि उनले पहिलो खेल नखेल्ने अनुमान गरिएको छ । अन्तर्राष्ट्रिय संचारमाध्यमका अनुसार समुह डि मा रहेको अर्जेन्टिनाले सोमबार हुने समुह चरणको पहिलो खेलमा डिफेन्डिङ च्याम्पियन चिलीको सामना गर्दैछ ।

 

प्रकाशित: २३ जेष्ठ २०७३ ०७:३२ आइतबार

मेस्सी कोपा अमेरिका खेल्न क्यालिफोर्निया पुगे