खेल

मोरक्कोविरुद्ध राेनाल्डाे बेन्चमा

कतारमा जारी फिफा विश्वकप फुटबलको क्वाटरफाइनलको तेस्रो खेल अन्तर्गत मोरक्कोविरुद्ध पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो सुरुआती ११ मा पर्न असफल भएका छन्।

आज शनिबार अल तुमाम रंगशालामा केहिबेरमा सुरुहुने खेलका लागि पोर्चुगलका मुख्य प्रशिक्षक फर्नान्डो स्यान्तोसले रोनाल्डोलाई सब्सिट्युटमा राख्दै सुरुआती ११ सार्वजानिक गरेका हुन्।

प्रि–क्वाटरफाइनल अन्तर्गत स्विट्जरल्यान्डविरुद्धको खेलमा पनि रोनाल्डोलाई प्रशिक्षक स्यान्तोसले बेन्चमा राखेका थिए।  

पोर्चुगलको सुरुआती ११ः

डिएगो कोस्टा, डिएगा डालोट, पेपे, रुबिन डाइस, राफायल ग्युरेरो, ओटाभियो, रुबिन नेभिज्स, बर्नान्डो सिल्भा, ब्रुनो फर्नान्डेज, गोनकालो रामोस र जाओ फ्लेक्स

प्रकाशित: २४ मंसिर २०७९ १४:४१ शनिबार

क्रिस्टियानो रोनाल्डो कतारमा जारी फिफा विश्वकप फुटबल